ताजा समाचार


रामेछापमा मास्क बाँडेर कोरोना विरुद्ध सचेतना

 नेपाल बाहक    १४ श्रावण २०७७, बुधबार ०८:३६     374 जनाले पढ़िसके

रामेछाप । रामेछापमा कोरोना विरुद्ध सचेतना फैल्यउन मास्क वितरण अभियान सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय रामेछाप र जिल्ला प्रहरी कार्यालय रामेछापको आयोजनामा सो अभियान सुरु भएको हो ।

अभियानको अन्तर्गत बुधबार जिल्ला सदरमुकाम मन्थलीमा र्याली सहित मास्क वितरण गरिएको थियो । बजारमा मास्क नलगाई निस्किएकालाई मास्क वितरण गरी कोरोनाबाट बच्न मास्क लगाउन अनुरोध गरिएको थियो ।
अभियानको शुभारम्भ गर्दै जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले लापरबाही गरेर मास्क नलगाई हिँड्नेलाई अब प्रशासनले कारवाही गर्ने बताउनुभयो ।

रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कोरोनाबाट बच्ने एउटै मात्र उपाय मास्कको प्रयोग र व्यक्तिगत दुरी कायम गर्ने कुरा भएकोले त्यसमा ध्यान दिन अनुरोध गर्नुभयो ।

जनप्रतिनिधि, राजनीतिक दलका नेता कार्यकर्ता, सुरक्षाअधिकारी, व्यवसायी लगायतले मन्थली बजार परिक्रमा गरी मास्क वितरण कार्यक्रममा सहभागिता जनाएका थिए ।