काठमान्डौँ । नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार नाधेको छ । बुधवार २ सय १० जनामा संक्रमणको पुष्टि भएको थियो । यो संगै संक्रमितको संख्या १९ हजार २७३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ६ हजार ३७ वटा पीसीआर परीक्षण गरिएकोमा दुई सय १० जनामा कोरोना पोजेटिभ देखिएको हो । अहिलेसम्म पीसीआर विधिबाट तीन लाख ५८ हजार तीन सय ४४ जनाको कोरोना परीक्षण भएको छ । हाल सम्म नेपालमा कोरोना सङ्क्रमणबाट ४९ जनाको मृत्यु भएको छ ।