रामेछाप । रामेछापमा पनि राष्ट्रिय दलित पत्रकार संघ गठन भएको छ । बिहीबार रेडियो तीनलाल एफ एम ८८।६ मेगाहर्जमा कार्यरत लेख बहादुर विक को अध्यक्षतामा सात सदस्यि जिल्लाराष्ट्रिय दलित पत्रकार संघ कार्यसमिति गठन भएको हो । नवगठित संघको उपाध्यक्षमा रेडियो तिफदीमा कार्यरत नवराज विक,सचिवमा रेडियो तामाकोशीमा कार्यरत मिलन घिमिरे विक, कोषाध्यक्षमा जनआकाश साप्ताहिकमा कार्यरत बिना बिसुङ्खे चयन हुनुभएको छ । यस्तै संघको सदस्यमा रेडियो तीनलालमा कार्यरत सलिना विक,रेडियो रामेछापमा कार्यरत सिर्जना विक र करण विक चयन हुनुभएको छ । संघको सल्लाहाकारमा रामचन्द्र विक चयन हुनुभएको छ । नवगठि संघका पदाधिकारीहरुको नाम राष्ट्रिय दलित पत्रकार संघकी केन्द्रीय सदस्य कमला रसाईलीले घोषणा गर्नुभएको थियो । नवगठित संघका अध्यक्ष विकले जिल्लामा संचालित विभिन्न सञ्चार माध्यमहरुमा कार्यरत दलित पत्रकारहरुको क्षेमता विकास गरी उनीहरुलाई नेतृत्व तहसम्म पुर्याउन राष्ट्रिय दलित पत्रकार संघले भुमिका खेल्ने बताउनुभयो ।