ताजा समाचार


एक तोला सुनको मुल्य १ लाख नजिक

 नेपाल बाहक    १६ श्रावण २०७७, शुक्रबार ०९:११     260 जनाले पढ़िसके

काठमाण्डौ । पछिल्लो समयमा सुनको मुल्य लगातार बढि रहेको छ । सुनको मुल्य शुत्रवार पनि बढेर नयाँ रेकर्ड बनाएको छ । शुक्रवार सुन तोलामा ३ सय रुपैयाँ बढेर तोलामा ९९ हजार ३ सय रुपैयाँ कारोवार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो मुल्य हाल सम्मकै उच्च हो । बिहिवार तोलामा ९९ हजार रुपैयाँ तोकिएको थियो । कोरोनाका कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ बढेको हो । नेपालमा पनि त्यसकै प्रभावले सुनको भाउले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ ।