ताजा समाचार


कारोना भाइरसको कारण थप चार जनाको ज्यान गयो

 नेपाल बाहक    १६ श्रावण २०७७, शुक्रबार १२:२६     239 जनाले पढ़िसके

काठमान्डौँ । कारोना भाइरसको कारण थप चार जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मृतक चारै जना पर्साका रहेका छन् ।
मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका ११ घर भइ ललितपुरको थसिखेल बस्ने ६५ वर्षीया एक महिला, वीरगञ्ज महानगरपालिका ११ का ५६ वर्षीय पुरुष, वीरगञ्ज महानगरपालिका १६ का ३५ वर्षीय अर्का पुरुष र वीरगञ्ज महानगरपालिका २ को छपकैयाका ६५ वर्षीय अर्का एक पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको छ । यो संगै मृतकका संख्या ५६ ं पुगेको छ ।