ताजा समाचार


रामेछापमा कोरोना भाइरस संक्रमितको संख्या २७ पुग्यो

 नेपाल बाहक    १७ श्रावण २०७७, शनिबार ०८:०४     447 जनाले पढ़िसके

रामेछाप । रामेछाप जिल्लामा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रवार स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको ६४ जनामध्ये २ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिनु भयो ।
संक्रमणको पुष्टि हुनेमा रामेछापको सुनापति गाउँपालिका वडा नम्बर ३ का ३३ वर्षिय महिला र मन्थली नगरपालिका ४ का ३४ वर्षिय पुरुष रहेका निमित्त प्रमुख कर्णले बताउनुभयो । रामेछापका २ जना कोरोना संक्रमित उपचारकै क्रममा रहेका छन भने २३ जना यसअघि नै निको भएर घर गैसकेका छन । यो संगै रामेछाप जिल्लामा २७ जनाको कोरोना संक्रमणको पुष्टि भएको छ ।