ताजा समाचार


रामेछापमा २० जनाको स्वाव परिक्षणको रिर्पोट आउन बाकिँ : ५२ जना क्वारेन्टिनमा

 नेपाल बाहक    १७ श्रावण २०७७, शनिबार ११:०२     289 जनाले पढ़िसके

रामेछाप । रामेछापमा पाचँ सय ९४ जानको स्वाब संकलन गरिएको छ । बिभिन्न कोरोना प्रभाबित स्थानबाट आएकाहरुको स्वाब संकलन गरी कोरोना परिक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यलय रामेछापले जनाएको छ । जसमा ५४७ जनाको रिर्पोट नेकेटिभ आएको छ भने २७ जनाको पोजेटिभ र २० जनाको रिर्पोट आउन बाकि रहेको स्वास्थ्य कार्यलय रामेछापले प्रेस बिज्ञप्ति जारी गरी जानकारी दिएको छ ।
जारी बिज्ञप्तिमा जिल्ला स्वास्थ्य कार्यलय रामेछापमा ३२ जना , मन्थली नगरपालिकामा १०७ जना, रामेछाप नगरपालिकामा ७१ जना ,उमाकुण्ड गाउँपालिकामा ३२ जना, खाडादेबि गाउँपालिकामा ३३ जना, गोकुलगंगा गाउँपालिकामा १६९ जना,दोरम्वा गाउँपालिकामा १६ जना, लिखु तामाकोसि गाउँपालिकामा ९१ र सुनपाति गाउँपालिकामा १४ जनाको स्वाव परिक्षण गरिएको उल्लेख गरिएको छ । भने रामेछाप जिल्लामा १८५ महिला र ७०७ पुरुष गरि ८ सय ९२ जनाको आरडिटि परिक्षण गरिएको हो ।
त्यस्तै रामेछापमा ५० जना पुरुष र २ जना महिला गरी ५२ लाई क्वारेन्टिमा राखिएको छ । बिभिन्न स्थानबाट आएका मन्थली नगरपालिकामा ३२ जना , गोकुलगंगा गाउँपालिकामा १२ जना, दोरम्वा गाउँपालिकामा ३ जना र लिखुतामाकोसि गाउँपालिकामा ५ जनालाई क्वारेन्टिमा राखिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।