रामेछाप । रामेछाप जिल्लामा ६२ जनालाई क्वारेन्टिमा राखिएको छ । बिभिन्न कोरोना प्रभाबित स्थानबाट आएका ८ महिला र ५४ पुरुष गरी ६२ जनालाई रामेछापका स्थानिय तहले निमार्ण गरेको क्वारेन्टिनमा राखिएको स्वास्थ्य कार्यलय रामेछापले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यलय रामेछापका अनुसार रामेछापको मन्थली नगरपालिकामा ३२ जना, गोकुलगंगा गाउँपालिकामा १२ जना, लिखुतामकोसि गाउँपालिकामा १२ जना, र सुनपाति गाउँपालिकामा १३ जना लाई क्वारेन्टिमा राखिएको स्वास्थ्य कार्यलय रामेछापले प्रेस बिज्ञप्ति जारी गरी जनाकारी दिएको छ ।
त्यस्तै रामेछाप १७ जनाको स्वाब परिक्षणको रिर्पोट आउन बाकि रहेको छ । स्वास्थ्य कार्यलय रामेछापका निमित्त प्रमुख जितेन्द्र कर्णका अनुसार रामेछापमा हाल सम्म ५ सय ९४ स्वाव संकलन गरी कोरोना परिक्षण गरिएको छ । जसमा २७ जनाको रिर्पोट पोजनेटिभ आएको छ भने ५ सय ५० जनाको रिर्पोट नेकेटिभ आएको स्वास्थ्य कार्यलय रामेछापले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख गरीएको छ ।