ताजा समाचार


सर्पाले डस्दा रामेछापको हिमगंगामा एक युवतीको मृत्यु

 नेपाल बाहक    १८ श्रावण २०७७, आईतवार १०:२५     1140 जनाले पढ़िसके

रामेछाप । रामेछापमा आइतवार सर्पाले डस्दा एक युवतिको ज्यान गएको छ । रामेछाप जिल्ला रामेछाप नगरपालिका हिमगंगाकी १९ वर्षीया रविना मगर सुतिरहेको अवस्थामा सर्पाले डस्दा ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक टेकेन्द्र पौडेलका अनुसार आइतबार बिहानीपख सुतिरहेकै ठाउँमा उनलाई सर्पले हातमा डसेको थियो । सर्पले डसेपछि उपचारको लागि साँघुटारमा रहेको मेडिकलमा पुर्याइएको थियो ।

मेडिकलमा उपचार सम्भव नभएपछि थप उपचारको लागि जिल्ला सदरमुकाम मन्थली ल्याउँदै गर्दा उनको बाटामै मृत्यु भएको पौडेलले जानकारी दिनुभयो ।