ताजा समाचार


रामेछापमा माक्सको प्रयोग नगर्ने एक सय ६१ जनालाई कारवाहि

 नेपाल बाहक    १९ श्रावण २०७७, सोमबार १२:००     318 जनाले पढ़िसके

रामेछाप । रामेछापमा माक्स नलगाई बजार क्षेत्रमा हिड्ने एक सय ६१ जनालाई कारवाहि गरिएको छ । कोरोना भाइरसको कारण भएको लकडाउन खुले पनि संक्रमणको क्रस नहटेको भन्दै स्थानीय प्रशासनले रामेछापमा दुरी कायम गर्न र माक्स अनिवार्य प्रयोग गर्न अनुरोध गरेको थियो । प्रशासनले जारी गरेको सुचनाको उल्लङ्घन गरेको भन्दै उनीहरुलाई संक्रमण ऐन अनुसार कारबाहि गरिएको रामेछापका ट्रफिक प्रमुख प्रहरी सहायक निरिक्षक रामेश्वर पाण्डेले बताउनु भयो । पाण्डेका अनुसार कारबाहिबाट १६ हजार १ सय रुपैया राजश्व समेत संकलन भएको छ । रामेछापमा अपाङ्ग, असक्त र बिपन्नलाई माक्स बितरण समेत गरिएको प्रमुख पाण्डे बताउनु भयो ।
संक्रमण रोकथामको लागि कोरोना प्रभावित स्थानबाट आउनेलाई क्वारेनिटमा राखिएको छ । कोरोना परिक्षणको दायर समेत बढाइने र सवारी पासमा कडाई गरिएको रामेछापकि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनु भयो । गत बुधबार जिल्ला प्रशासन कार्यालय रामेछाप र जिल्ला प्रहरी कार्यालय रामेछापले संयुक्त रुपमा सचेना र्याली निकालेर मास्क नलाई हिडेका यात्रीहरुलाई मास्क अनिवार्य लगाउन अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनु भयो । अटेर गर्नेलाई गत शुक्रबारबाट कारबाहि गरिएको छ ।