ताजा समाचार


रामेछाप बिनियोजित बजेटको ५० प्रतिशत भन्दा पनि कम खर्च

 नेपाल बाहक    १९ श्रावण २०७७, सोमबार १३:३१     257 जनाले पढ़िसके

रामेछाप । रामेछाप कुल बजेटको ५० प्रतिशत भन्दा कम बजेट खर्च भएको छ । सघिय सरकारबाट रामेछापमा ७ अर्ब १३ करोड ३१ लाख १८ हजार, ५९३ रुपैयाँ विनियोजन भएको थियो । कुल बजेटको चालु खर्चतर्फ ७९.२१ प्रतिशत अर्थात ५ अर्ब भन्दा बढी खर्च भएको छ भने पुँजीगत तर्फको २ अर्ब भन्दा बढी बजेटमा पुँजीगत खर्च तर्फ १ करोड ४३ लाख अर्थात ४८.५९ प्रतिशत मात्र खर्च भएको थियो ।
कोष तथा लेखा नियन्त्रण कार्यालय रामेछापका अनुसार कोरोनाको कारण काम हुने चार महिनाको अवधिमा कुनै पनि काम अगाडि बढन नसकेको कारण पुँजीगत खर्च कम भएको हो ।