रामेछाप । रामेछापमा पाचँ सय ९७ जनाको स्वाब परिक्षण गरिएको छ । हाल सम्म गरिएको परिक्षण मध्ये पाचँ सय ६७ जनाको रिर्पोट नेकेटिभ , २७ जनाको पोजेटिभ र ३ जनाको स्वाब परिक्षणको रिर्पोट आउन बाकिँ रहेको स्वास्थ्य कार्यलय रामेछापले प्रेस बिज्ञप्ति जारी गरी जनाकारी दिएको छ ।
जिल्ला स्वास्थ्य कार्यलय रामेछापमा ३५ जना, मन्थली नगरपालिकामा १०७ जना , रामेछाप नगरपालिकामा ७१ जना, उमाकुण्ड गाउँपालिकामा ३२ जना , खाडादेबि गाउँपालिकामा ३३ जना,गोकुलगंगा गाउँपालिकामा १६९ जना,दोरम्बा गाउँपालिकामा ३० जना, लिखुतामाकोसि गाउँपालिकामा ९१ जना र सुनपाति गाउँपालिकामा २९ जनाको स्वाव संकलन गरी कोरोना परिक्षण गरिएको स्वास्थ्य कार्यलय रामेछापले जारी गरेका बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै कोरोना प्रभाबित स्थानबाट आएका २ महिला र ३४ पुरुष गरी ३६ जनालाई क्वारेन्टिमा राखिएको छ । भने रामेछापमा ५०९ बेडको क्वारेन्टिन र १०९ सय बेडको आइसोलेसन कक्षको स्थापना गरीएको छ ।