ताजा समाचार

एक तोला सुनको मुल्य एक लाख नाध्यो

 नेपाल बाहक    २१ श्रावण २०७७, बुधबार १२:०४     272 जनाले पढ़िसके

काठमाण्डौ । पछिल्लो समयमा सुनको मुल्य लगातार बढि रहेको छ । सुनको मुल्य बुधवार पनि बढेर नयाँ रेकर्ड बनाएको छ । बुधवार सुन तोलामा एक लाख एक हजार ५ सय रुपैयाँ कारोवार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो मुल्य हाल सम्मकै उच्च हो । कोरोनाका कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ बढेको हो । नेपालमा पनि त्यसकै प्रभावले सुनको भाउले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ ।