ताजा समाचार


बलत्कारको आरोपमा वडा सचिव प्रकाउ

 नेपाल बाहक    २१ श्रावण २०७७, बुधबार १२:१८     382 जनाले पढ़िसके

कैलाली । कैलालिमा बलत्कारको अरोपमा वडा सचिब पक्राउ परेका छन् । प्रकाउ पर्नेमा भजनी नगरपालिका वडा नम्बर–४ का सचिव सुमनकुमार चौधरी रहेका छन् । एक महिललेको उजुरीको अरोपमा बुधवार चौधरीलाई पक्राउ गरीएको हो ।
महिलाले आफुलाई बलात्कार गरेको भन्दै महिलाले चौधरीविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा साउन १८ गते उजुरी दिएकी थिइन् ।
साउन ५ गते घटना भएको भएपनि स्थानीयस्तरमै मिलाउने प्रयास गरिएको र त्यस कार्यमा जनप्रतिनिधि नै संलग्न रहेको महिलााको आरोप छ ।

महिलालाई इलाका प्रहरी कार्यालय भजनीमा उजुरी दर्ता नगर्न दबाब दिएपछि उनले जिल्लामै पुगेर उजुरी दर्ता गरेपछिमात्र घटना सार्वजनिक भएको हो ।

पक्राउ परेका चौधरी कैलालीकै टीकापुर नगरपालिका वडा नम्बर–६ का स्थायी बासिन्दा हुन् ।