ताजा समाचार


रामेछापमा माक्सको प्रयोग नगर्ने ३ सय ४३ जनालाई कारवाहि

 नेपाल बाहक    २१ श्रावण २०७७, बुधबार १३:०८     289 जनाले पढ़िसके

रामेछाप । रामेछापमा माक्सको प्रयोग नगर्ने ३ सय ४३ जना भन्दा बढिलाई कारवाहि गरिएको छ । कोरोना भाइरसको संक्रमण रोकथापको लागि स्थानिय प्रशासनले माक्सको प्रयोगमा थप कडाई गरेको छ । जिल्ला प्रशासनले बजार क्षेत्रमा अनिबार्य माक्स प्रयोग गर्न गरेको आग्रहको बेवास्ता गर्ने ३ सय ४३ जनालाई कारवाही गरिएको छ ।
कोभिडको कारण भएको लकडाउन खुलेपनि संक्रमणको जोखिमता उच्च रहेको भन्दै स्थानीय प्रशासनले मास्क लगाएर मात्र हिडडुल गर्न अनुरोध गरेको छ । रामेछापका ट्रफिक प्रमुख प्रहरी सहायक निरिक्षक रामेश्वर पाण्डेका अनुसार मास्क नलगाई सवारी चलाउने तथा यात्रा गर्ने यात्रुलाई प्रतिव्यक्ति एक सय रुपैयाँ दण्ड जरिवाना गरिएको हो ।
प्रमुख पाण्डेका अनुसार साउन १५ गते यता विना मास्क हिड्ने ३ सय ४३ जना भन्दा बढी कारवाहीबाट ३४ हजार ३ सय राजश्व संकलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले मास्क नलगाउँनेलाई दण्ड जरिवाना गर्नुका साथै सवारी साधनमा यात्रा गर्ने तथा पैदल यात्रा गर्ने वृद्ध वृद्धा तथा बालबालिकाहरुलाई निशुल्क मास्क वितरण गरेको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार गत साउन १५ गते विहीबारयता ट्राफिक प्रहरी कार्यालय रामेछापले सडकमा यात्रा गर्ने वृद्ध वृद्धा तथा बालबालिकाहरुलाई ७ सय ५० पीस भन्दा बढी मास्क निशुल्क वितरण गरेको छ ।