ताजा समाचार


रामेछापमा ६ सय ५० जनाको स्वाव परिक्षण : ७५ जनालाई क्वारेन्टिनमा

 नेपाल बाहक    २२ श्रावण २०७७, बिहीबार ०८:४३     261 जनाले पढ़िसके

रामेछाप । रामेछाप जिल्लमा ६ सय ५० जनाको स्वाव परिक्षण गरिएको छ । स्वास्थ्य कार्यलय रामेछाप बिहिवार बिज्ञप्ति जारी गरी सो बिषयमा जानकारी गराइएको हो । जारी बिज्ञप्तिमा बिहिबार स्वास्थ्य कार्यलयमा २ जनाको कोरोना परिक्षणको लागि स्वाब संकलन गरिएको जानकारी गराइएको छ । बिहिबार सम्म गरिएको परिक्षणमा ५ सय ६७ जनाको रिर्पोट नेकेटिभ आएको छ भने २७ जनाको पोजेटिभ र ५६ जनाको रिर्पोट आउन बाकिँ रहेको बिज्ञप्ति मार्फत जानकारी गराइएको छ ।
स्वाथ्य कार्यलय रामेछापका अनुसार हाल सम्म जिल्ला अस्पताल रामेछापमा ३७ जना , मन्थली नगरपालिकामा १५८ जना, रामेछापमा ७१ जना, उमाकुण्ड गाउँपालिकामा ३२ जना, खाडादेबि गाउँपालिकामा ३३ जना, गोकुलगंगा गाउँपालिकामा १६९ जना, दोरम्बा गाउँपालिकामा ३० जना, लिखुतामाकोसि गाउँपालिकामा ९१ जना र सुनपातिमा गाउँपालिकामा २९ जनाको स्वाब संकलन गरिएको हो ।

त्यस्तै रामेछापमा १० जना महिला र ६५ जना पुरुष गरी जम्मा ७५ जनालाई क्वारेन्टिनमा राखिएको छ । कोरोना प्रभाबित स्थानबाट आएका लाई जिल्ला स्थित बिभिन्न स्थानमा निमार्ण गरेको क्वारेन्टिनमा राखिएको छ ।
मन्थली नगरपालिकामा ४६ जना, गोकुलगंगा गाउँपालिकामा १३ जना , लिखुतामाकोसि गाउँपालिकामा ११ जना र सुनपातिमा गाउँपालिकामा ३ जनालाई क्वारेन्टिनमा राखिएको जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।