ताजा समाचार


जनस्वास्थ र सुरक्षाका मापदण्डको उल्लघन गर्नेलाई कार्वाहि गरिने रामेछाप प्रशासनको चेतावली

 नेपाल बाहक    २३ श्रावण २०७७, शुक्रबार ११:२५     485 जनाले पढ़िसके

रामेछाप । रामेछापमा जनस्वास्थ्य र सुरक्षाका मापदण्डको उल्लघन गर्ने ब्यक्ति तथा समुह सबैलाई कार्वाहि गरिने भएको छ । शुक्रवार जिल्ला स्तरीय संकट ब्यवस्थापन समितिको बैठकले सो बिषयमा निणर्य गरेको हो । रामेछापकि प्रमुख जिल्ला अधिकारी रुन्द्रादेबि शर्माको अध्यक्षतामा बसेको बैठकले जिल्ला प्रबेशका नाकाहरुको चेकजाँचमा थप कडाई गर्ने लगाएतको निणर्य भएको छ ।
बैठकमा जिल्ला भित्रका औषधि र इन्धन बाहेकका सबै पसलहरु बिहान ५ बजे देखि बेलुका ४ बजे सम्म मात्र सन्चालन गरिने निर्णय भएको छ । जिल्लामा सन्चालन हुने हाट बजार बन्द गर्ने , सबैपालिकामा सचेतना मुलक कार्यक्रम गर्ने, माक्सको अनिवार्य प्रयोग गर्ने र समाजिक दुरीलाई थप कडाईका साथ लागु गरिने भएको छ । जिल्लामा अग्रपन्तीमा रहेर काम गर्नेको कोरोन परिक्षण गरिने भएको छ । जिल्लामा खाद्यन्न लगाएतका अतिआवश्यक बस्तु अभाब हुन नदिन रामेछाप उद्योग बाणिज्य संघले समन्वयन गर्ने , जिल्लामा एम्बुलेन्स नियमित सन्चालनको ब्यबस्था मिलाउने र बिरामि बाहेका अन्यलाई एम्बुसेन्स प्रयोग गर्न नदिन निगरानि गरीने भएको छ भने जिल्लामा औषधि तथा स्वास्थ्थ सुरक्षाका समानको कालो बजारी हुन दिन स्वास्थ्य कार्यलयले अनुगम गर्ने लगाएतका निर्णय भएको छ ।

 

निर्णयहरु 

  1. कोभिड-19 को रोकथाम तथा नियन्त्रण सम्बन्धि भएका कार्य तथा विपद् उद्धार तथा प्रतिकार्य सम्बन्धी भएका कार्य हाल सम्म 892 जनाको RDT परिक्षण, 650 जनाको PCR परीक्षण गरिएको, 27 जनाको कोभिड-19 संक्रमण पुष्टि भएकोमा 23 जनाको Negative प्रतिवेदन आएको, हाल 4 जना आइसोलेसनमा रहेका, हाल 75 जना क्वारेन्टिनमा रहेके समीक्षा गरियो ।
  2. देशभर निरन्तर बढ्दो क्रममा रहेको कोभिड-19 महामारीलाई नियन्त्रण गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी होम क्वारेन्टिन र होम आइसोलेसनको मापदण्ड पूर्ण रुपमा जिल्लामा पालना गर्न नसकिने देखिएकाले अर्को निर्णय नभए सम्मका लागि संक्रमित स्थानबाट जिल्ला भित्रिएकालाई संस्थागत क्वारेन्टिन र आइसोलेसनमा राख्ने व्यवस्था मिलाउनु सबै पालिकाहरुलाई अनुरोध गर्ने ।
  3. जिल्ला भित्र प्रवेश नाकामा चेक जाँचलाई थप कडाई गर्ने
  4. औषधी इन्धन बाहेक सबै पसलहरु विहान 5 बजे देखि दिउँसो 4 बजे सम्म मात्र सञ्चालन गर्ने ।
  5. यस जिल्ला भित्र लाग्ने हाटबजारहरु अर्को व्यवस्था नभए सम्मलाई बन्द गर्ने ।
  6. नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा जारी जनस्वास्थ्य मापदण्ड तथा गृह मन्त्रालयद्धारा जारी सुरक्षा मापदण्ड सबै सरकारी, गैरसरकारी, बैंक, वित्तीय संस्था, सहकारी संस्था, उद्योगी, व्यापारीहरुले कडाईका साथ पालना गर्ने/गराउने ।
  7. सबै पालिकाको समन्वयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी अनिवार्य मास्क, निश्चित दुरी कायम गर्ने र साबुनपानी वा स्यानीटाइजरले हातधुने व्यवस्था जनस्वास्थ्य कार्यालयले मिलाउने ।
  8. सामुदायिक प्रहरी साझेदारी कार्यक्रमद्धारा कोभिड-19 को रोकथाम तथा नियन्त्रण सम्बन्धमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने ।
  9. जनस्वास्थ्य र सुरक्षाका मापदण्डको उल्लंघन गर्ने, व्यक्ति, समूह, संस्था, सञ्चालनको उच्च निगरानी गरी कार्वाही गर्ने ।
  10. कोरोना जाँचको दायरा बढेसँगै जिल्लामा संक्रमितको संख्या बढ्न सक्ने देखिएकाले आ-आफ्ना पालिकाले आफ्नो नागरिकको उपचारको लागि उपयुक्त स्थान र वेड सहितको आइसोलेसन तयार गर्ने र त्यसका लागि स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालसँग समन्वय गर्ने ।
  11. मिति 2077/04/14 गते स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जारी गरेको कोरोना जाँचको नियमावलीलाई अवलम्बन गर्दै जिल्ला भरी संक्रमित स्थानबाट भित्रिने सबैलाई जिल्ला भित्रिएको 5-10 दिनमा कोरोना जाँच गर्ने, साथै अग्रपङ्तिमा कार्यरत व्यक्तिहरुलाई पनि जाँचको दायरामा ल्याउने र त्यसको लागि जिल्ला कोरोना सम्पर्क व्यक्ति (डा. आनन्द आचार्य) सँग प्रत्यक्ष समन्वय गर्ने ।
  12. खाद्यान्न, इन्धन लगायत अत्यावश्यक बस्तुको आपूर्तिको व्यवस्था रामेछाप उद्योग बाणिज्य संघले मिलाउने ।
  13. जिल्लामा सञ्चालित एम्बुलेन्सहरुले विरामी बाहेक अन्य व्यक्ति बोक्ने, बिरामी बोक्न नमान्ने जस्ता गुनासो आएकाले सबै पालिका, स्वास्थ्य कार्यालय र जिल्ला प्रहरी कार्यालयले सोको निगरानी गरी नियमित सञ्चालनको व्यवस्था मिलाउने ।
  14. धर्म, संस्कार, विवाह, ब्रतवन्ध, चार्डपर्व, मृत्यसंस्कारमा न्यूनतम व्यक्तिहरु मात्र जम्मा भई सम्पन्न गर्ने ।
  15. होटल एवं रेष्टुरेन्टमा हुने सामुहिक भोज, पार्टी, सेमिनार वा अन्य सामुहिक भेला जस्ता कार्य निषेध गर्ने ।
  16. औषधी व्यवसायीहरुले स्वास्थ्य सुरक्षाका सामाग्रीहरु सुपथ मुल्यमा विक्री वितरणको व्यवस्था मिलाउने यसको अनुगमन जिल्ला स्वास्थ्य कार्यालयले मिलाउने ।
  17. कोभिड-19 को रोकथाम तथा नियन्त्रणको लागि जनचेतनामूलक सूचना सन्देश सबै पालिका/निकाय, संघ/ संस्था, सञ्चार माध्यमहरुले प्रचार प्रसार गर्ने ।