रामेछाप । रामेछापका थप ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । रामेछापबाट स्वाब संकलन गरी परिक्षणको लागि धुलिखेल अस्पताल पठाइएका ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । रामेछापको सेलेघाट होल्डिङ सेन्टरमा बसेका ४ कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यलय रामेछाप जनाएको छ । संक्रमण पुष्टि भएका ४ जना विदेशबाट फर्केका स्वास्थ्य कार्यलय रामेछापले जनाएको छ ।
स्वास्थ्य कार्यलय रामेछापका निमित्त प्रमुख जितेन्द्र कर्णका अनुसार संक्रमण पुष्टि हुनेमा मन्थली नगरपालिका २ का २३ बर्षका पुरुष, मन्थली नगरपालिका ३ का ३४ बर्षका पुरुष, मन्थली नगरपालिका ४ का २८ बर्षका पुरुष र मन्थली नगरपालिका ६ का २६ बर्षका पुरुष रहेका छन् । अर्का एक जना भने रामेछाप ठेगना भएका र हाल काठमान्डौँ बस्दै आएका २३ बर्षका पुरुषमा संक्रमणको पुष्टि भएको निमित्त प्रमुख कर्णले जनाकारी दिनु भयो । यो संगै रामेछापमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ ।