रामेछाप । २६ औँ विश्व आदिवासी दिवसका अवसरमा मन्थली नगरपालिका ६ कुनैरीमा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले आइतबार माझी महिलाहरुको भूमि अधिकारका लागि संचार बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रममा माझी समुदायका महिलाहरुले सुनकोशी २ जलविद्युत आयोजना निर्माण भएमा आफुहरुको पैतृक थातथलो र सामाजिक एकता गुम्ने बताएका छन् । कार्यक्रममा सहभागिह महिलाहरुले आयोजना निर्माण भए आफुहरुको भाषा , धर्म ,संस्कृति , परम्परा र पहिचान लोप हुने , लैङगिक हिंसा चोरी जस्ता चुनौतीहरुको सामना गर्नुपर्ने ,शिक्षा स्वास्थ्य , खानेपानी ,बिजुली , यातायातको पहँुचमा समस्या आउँने गुनासो गरेका थिए ।
कार्यक्रममा नेपाल आदिवासी जनाजाति चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुवार , नेपाल आदिवासी जनजाति महासंघ रामेछापका सचिव श्री बहादुर माझी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशका उपाध्यक्ष युवराज श्रेष्ठ , रामेछापका अध्यक्ष नवराज श्रेष्ठ , पत्रकार सुमित श्रेष्ठ र नेपाल घेदुङ संघका केन्द्रीय सदस्य सोनाम ग्यापक लगायतले सुनकोशी २ जलविद्युत आयोजना निर्माण भएमा माझी समुदायहरुको पैतृक थातथलो र सामाजिक एकता गुम्ने मात्रै नभै उनीहरुको भाषा , धर्म ,संस्कृति , परम्परा सहित पहिचाननै लोप हुने खतरा रहेको बताएका थिए ।