ताजा समाचार


कोरोना परिक्षणको लागि रामेछापमा थप एक सय १ जनाको स्वाब संकलन

 नेपाल बाहक    २७ श्रावण २०७७, मंगलवार १०:०२     414 जनाले पढ़िसके


रामेछाप । रामेछाप जिल्लामा कोरोना परिक्षणको लागि मंगलबार एक सय एक जनाको स्वाव संकलन गरिएको छ । स्वास्थ्य कार्यलय रामेछापले जारी गरेको प्रेस बिज्ञप्तिमा मंगलबार मन्थली नगरपालिकामा ८१ जना र रामेछाप नगरपालिकामा २० जनाको स्वाव संकलन गरिएको उल्लेख गरिएको छ । हाल सम्म रामेछापमा ७ सय ५१ जनाको स्वाव संकलन गरि कोरोना परिक्षण गरिएको छ । परिक्षण गरिएका मध्ये ३१ जनाको रिपोट पोजेटिभ , ६ सय १९ जनाको नेकेटिभ आएको छ भने १ सय १ जनाको रिर्पोट आउन बाकिँ रहेको छ ।
स्वास्थ्य कार्यलय रामेछापका अनुसार जिल्ला अस्पताल रामेछापमा ३७ जना, मन्थली नगरपालिकामा २३९ जना , रामेछाप नगरपालिकामा ९१ जना , उमाकुण्ड गाउँपालिकामा ३२ जना, खाडादेबि गाउँपालिकामा ३३ जनाको स्वाव संकलन गरी कोरोना परिक्षण गरिएको छ । त्यतै रामेछापको गोकुलगंगा गाउँपालिकामा १६९ जना, दोरम्वा गाउँपालिकामा ३० जना , लिखुतामाकोसि गाउँपालिकामा ९१ जना र सुनपाति गाउँपालिकामा २९ जनाको स्वाब संकलन गरिएको जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।