रामेछाप । नेपाल आदिनासी जनजाति पत्रकार महासंघ ९फेनिज० रामेछापले फोनिजको स्थापना दिवसका अवसरमा हरेक वर्ष प्रदान गर्दे आएको उत्कृष्ट आदिवासी जनजाति पत्रकारीता वर्ष पुरस्कार २०७७ पत्रकार युनिक बिफा घिसिङलाई प्रदान गरेको छ । फोनिजको २१ औँ स्थापना दिवसका दिन मंगलबार रामेछाप नगरपालिकामा एक कार्यक्र आयोजना गरी पत्रकार घिसिङलाई नगद पाँच हजार सहित दोसल्ला ओढाएर प्रमाण पत्रले सम्मान गरेको हो । पत्रकार घिसिङलाई रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनि बागमती प्रदेशका उपाध्यक्ष युवराज श्रेष्ठ , रामेछाप नगरपालिकाकी उपप्रमुख सिर्जना खड्का लगाएले दोसल्ला ओढाएर पुरस्कार प्रदान गर्नुभएको थियो । पछिल्लो समय रामेछापबाट संचालित तामाकोशी अनलाई डटकमका प्रधान सम्पादक रहेका घिसिङ बिगत १५ वर्षदेखी निरन्तर पत्रकारितामा हुनुहुन्छ ।
कार्यक्रममा बोल्दै नगरप्रमुख मगरले फोनिजले पत्रकारहरुको अन्य संगठनहरुले भन्दा नयाँ र फरक काम गरेर देखाउनुपर्नेमा जोड दिनुभयो । उहाँले आवश्यकताको पहिचान गरि प्रभावकारी योजना निर्माण गरि सरोकारवालासंग प्रयाप्त समन्वयमा मार्फत देखिने र परिणाममुखी काम गर्न फोनिजलाई आग्रह गर्नुभयो । नगरपालिकाकी उपप्रमुख सिर्जना खड्काले आफुहरुले गरेको कामका बारेमा कमि कमजोरीहरुलाई औल्याइदिन र राम्रा कामलाई सञ्चार माध्यम मार्फत आम नागरिकमा पुर्याईदिन आग्रह गर्नुभयो । उहाँले पछिल्लो समय खोज पत्रकारीता हराउँदै गएको त हैन रु भन्ने प्रश्नहरु उठ्न थालेकाले यसमा ध्यान दिन फोनिज रामेछापलाई आग्रह गर्नुभयो । कार्यक्रममा फोनिज बागमती प्रदेशका उपाध्यक्ष युवराज श्रेष्ठले फोनिज रामेछापले अब जिल्लाका सबै स्थानीय सरकारहरुसंग प्रभावकारी समन्वय गरी संयुक्त रुपमा आदिवासी जनजातिसंग सम्बन्धीत कार्यक्रमहरु संचालन गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल पत्रकार महासंघ बागमती प्रदेशका सदस्य बद्री नयाँघरे , जिल्ला शाखा रामेछापका अध्यक्ष रमेश ढुंगेलले मुलुक संघिय संरचनामा गएपछि धरासायी बन्दै गएका रामेछापका सञ्चार माध्यमहरु कोरोना भाइरसका कारण झनै समस्यामा परेको भन्दै विभिन्न समस्याका कारण बन्द हुने अवस्थामा पुगेका सञ्चार माध्यमहरुलाई राहात हुने कार्यक्रम ल्याउन जिल्ला स्थित स्थानीय सरकारहरुको ध्यानाकर्षण गराउनुभएको थियो । फोनिज रामेछापका अध्यक्ष नवराज श्रेष्ठले आगमी दिनमा जिल्लाका सबै पालिकाहरुसंग थप समन्वय गरि फोनिजले आफ्ना गतिविधिहरु संचालन गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले जिल्ला स्थित स्थानीय तहसंग मात्रै नभै अन्य पत्रकार महासंघ लगायत अन्य संघ संगठनहरुसंग पनि समन्वय बढाएर फोनिज रामेछापलाई अगाडी बढाउने बताउनुभयो । प्रेस युनियनका अध्यक्ष अप्रील अधिकारी , नेपाल पत्रकार महासंघ रामेछापका पूर्व अध्यक्ष नवराज पथिक , फोटो पत्रकार महासंघ रामेछापका अध्यक्ष दिपक भट्ट , राष्ट्रिय दलित पत्रकार महासंघ नेपाल रामेछापका अध्यक्ष लेख बहादुर विक,डब्लुडब्लुजे रामेछापकी अध्यक्ष ज्ञानु श्रेष्ठ सहित विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको उत्कृष्ट आदिवासी जनजाति पत्रकारीता वर्ष पुरस्कार २०७७ वितरण तथा चियापान कार्यक्रम फोनिज रामेछापका अध्यक्ष नवराज श्रेष्ठको अध्यक्षता र रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।