ताजा समाचार


मन्थली नगरपालिका एक कर्मचारी सहित रामेछापका ३ जनामा कोरोना संक्रमण

 नेपाल बाहक    २९ श्रावण २०७७, बिहीबार ११:४३     751 जनाले पढ़िसके


रामेछाप । रामेछाप जिल्लाका थप ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । बिहिबार मन्थली नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत ५० बर्षिय पुरुष कर्मचारीमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय रामेछापले जनाएको छ ।
स्वास्थ्य कार्यलय रामेछापका निमित्त प्रमुख जितेन्द्र कर्णका अनुसार मन्थली नगरपालिका ६ का ३० बर्षिय पुरुष र रामेछाप स्थायि ठेगना भइ हाल हेटौँडा बस्दै आएकि एक ४३ बर्षकी महिलामा पनि कोरोना संक्रमणको पुष्टि भएको छ । यो संगै रामेछापमा संक्रमितको संख्या ३३ पुगेको छ ।