ताजा समाचार


रामेछापमा आठ सय ७७ जनाको स्वाव परिक्षण : ३३ जनाको रिर्पोट पोजेटिभ

 नेपाल बाहक    ३१ श्रावण २०७७, शनिबार ०८:३६     552 जनाले पढ़िसके

रामेछाप । रामेछाप जिल्लामा ८ सय ७७ जनाको स्वाव संकलन गरि कोरोना गरिएको छ । हाल सम्म गरिएको परिक्षणमा ३३ जनाको रिर्पोट कोरोना पोजेटिभ आएको छ भने ८५५ जनाको नेकेटिभ र २२ जनाको रिर्पोट आउन बाकिँ रहेको स्वास्थ्य कार्यलय रामेछापले जनाएको छ ।
स्वास्थ्य कार्यलय रामेछापका अनुसार जिल्ला अस्पताल रामेछापमा ३७ जना, मन्थली नगरपालिकामा २३९ जना , रामेछाप नगरपालिकामा ९१ जना , उमाकुण्ड गाउँपालिकामा ३२ जना, खाडादेबि गाउँपालिकामा ५५ जनाको स्वाव संकलन गरी कोरोना परिक्षण गरिएको छ । त्यतै रामेछापको गोकुलगंगा गाउँपालिकामा १९२ जना, दोरम्वा गाउँपालिकामा ३४ जना , लिखुतामाकोसि गाउँपालिकामा ९१ जना , सुनपाति गाउँपालिकामा ५७ जनाको र तामाकोसि अस्पतालमा ४९ जना स्वाब संकलन गरिएको प्रेस बिज्ञप्ति जारी गरि जानकारी गराइएको छ ।