ताजा समाचार


कोरोना संक्रमण नियन्त्रणका लागि दोरम्बामा पनि बजार बन्द

 नेपाल बाहक    ३१ श्रावण २०७७, शनिबार ०९:२८     333 जनाले पढ़िसके

 

रामेछाप । कोरोना संक्रमण नियन्त्रणका लागि रामेछापको दोरम्बा गाउँपालालिका पनि गाउँपालिका क्षेत्रमा अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । गाउँपालिकाले एक सूचना जारी गरी सेवा बन्द गरेको जनाएको छ ।

गाउँपालिका उपाध्यक्ष कृषला घिसिङले सूचना जारी गरी गाउँपालिका भित्र दैनिक उपभोग्य सामान बिक्री गर्ने खाद्यान्न लगायतका पसल बिहान ५ बजेदेखि १० बजेसम्म मात्र खुल्ला राख्न पाइने बताउनुभएको छ । अन्य पसल र सेवा बन्द हुने उहाँले बताउनुभयो ।

यसै बीच नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० रामेछापले पनि जिल्लामा कोरोना संक्रमणका बिरामी देखिएकोले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आह्वान गरेको छ ।

पार्टीको तर्फबाट जिल्ला सचिवालय सदस्य आनन्द श्रेष्ठले जिल्लाबासीलाई सामाजिक दुरी कायम गर्न, मास्क लगाउन तथा भिडभाड नगर्न आग्रह गर्नुभएको छ । साथै पार्टीका कार्यकर्तालाई समेत उहाँले कोरोना विरुद्ध समाजमा सचेतना फैल्याउने काममा सहयोग र सहकार्य गर्न आग्रह गर्नुभएको छ ।

जिल्लामा कोरोना नियन्त्रण अभियानमा राजनीतिक दलले समेत सचेतनाका कार्यक्रम सञ्चालन गर्ने निर्णय भएपछि प्रमुख राजनीतिक दलका नेता कार्यकर्ता सचेतना अभियानमा लागेका छन् ।