रामेछाप । रामेछाप जिल्लामा कोरोना परिक्षणको लागि सोमबार थप १३ जनाको स्वाव संकलन गरिएको छ । स्वास्थ्य कार्यलय रामेछापले जारी गरेको प्रेस बिज्ञप्तिमा सोमबार जिल्ला अस्पताल रामेछापमा १३ जना स्वाव संकलन गरिएको उल्लेख गरिएको छ । हाल सम्म रामेछापमा ८ सय ९० जनाको स्वाव संकलन गरि कोरोना परिक्षण गरिएको हो । परिक्षण गरिएका मध्ये ३३ जनाको रिपोट पोजेटिभ , ८ सय २२ जनाको नेकेटिभ आएको छ भने ३५ जनाको रिर्पोट आउन बाकिँ रहेको छ ।
स्वास्थ्य कार्यलय रामेछापका अनुसार जिल्ला अस्पताल रामेछापमा ५० जना, मन्थली नगरपालिकामा २३९ जना , रामेछाप नगरपालिकामा ९१ जना , उमाकुण्ड गाउँपालिकामा ३२ जना, खाडादेबि गाउँपालिकामा ५५ जनाको स्वाव संकलन गरी कोरोना परिक्षण गरिएको छ । त्यतै रामेछापको गोकुलगंगा गाउँपालिकामा १९२ जना, दोरम्वा गाउँपालिकामा ३४ जना , लिखुतामाकोसि गाउँपालिकामा ९१ जना र सुनपाति गाउँपालिकामा ५७ जनाको स्वाब संकलन गरिएको जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै रामेछापमा ३ महिला र १८ पुरुष गरि २१ जनालाई क्वारेन्टिमा राखिएको छ भने बढ्दो संक्रमणलाई मध्य नजर गदैँ चार सय ६५ बेडको क्वारेन्टिन बेड र एक सय १३ जनाको आइसोलेसन बेडको स्थापना गरिएको छ ।