काठमाण्डौ । नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार नाधेको छ । सोमबार थप पाँच सय ८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भए पछि संक्रमितको संख्या २७ हजार दुई सय ४१ पुगेको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २७ हजार दुई सय ४१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ११ हजार पाँच सय २० जनाको पीसीआर परीक्षण भएको थियो। त्यस्तै पछिल्लो २४ घण्टामा एक सय ६० जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या १७ हजार चार सय ९७ पुगेको छ ।