काठमान्डौँ । कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा काभ्रेको धुलिखेल नगरपालिका–७ घर भएकि ९८ बर्षिय वृद्ध रहेकि छन् । उनको धुलिखेल अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको हो । ति साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाका अनुसार उनी काठमाडौंको नयाँबानेश्वरमा बस्दै आएका थिए । पिसाब बन्द हुने समस्या देखिएपछि उनी धुलिखेल अस्पतालमा उपचार गराउन गएका थिए ।