ताजा समाचार


मंगलबार मन्थली नगरपालिकामा ७९ जनाको स्वाव संकलन

 नेपाल बाहक    २ भाद्र २०७७, मंगलवार १०:०५     349 जनाले पढ़िसके

रामेछाप । मंगलबार मन्थली नगरपालिकका ७९ जनाको स्वाव संकलन गरिएको छ । केहि दिन अघि नगरपालिकाका एक कर्मचारीमा कोरोना पोजेटिभ आए पछि नगरपालिका सिल नै गरी नगरपालिकाका कर्मचरीहरु र संक्रमित कर्मचारीको संम्पर्कमा आएका ७९ जनाको स्वाव संकलन गरिएको स्वास्थ्य कार्यलय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जनाकारी दिनु भयो । यो संगै मन्थली नगरपालिकामा ३१८ जनाको स्वाव परिक्षण गरिएको छ ।
त्यस्तै रामेछापमा ९ सय ६९ जनाको स्वाब संकलन गरी कोरोना परिक्षण गरिएको प्रेस बिज्ञप्ति जारी गरी जनाकारी गराइएको छ । मंगलबार स्वास्थ्य कार्यलय रामेछापले जारी गरेको बिज्ञप्तिमा ८२२ जनाको रिर्पोट नेकेटिभ , ३३ जनाको पोजेटिभ र ११४ जनाको रिर्पोट आउन बाकिँ रहेको उल्लेख गरिएको छ ।
स्वास्थ्य कार्यलय रामेछापका अनुसार जिल्ला अस्पताल रामेछापमा ५० जना, मन्थली नगरपालिकामा ३१८ जना , रामेछाप नगरपालिकामा ९१ जना , उमाकुण्ड गाउँपालिकामा ३२ जना, खाडादेबि गाउँपालिकामा ५५ जनाको स्वाव संकलन गरी कोरोना परिक्षण गरिएको छ । त्यतै रामेछापको गोकुलगंगा गाउँपालिकामा १९२ जना, दोरम्वा गाउँपालिकामा ३४ जना , लिखुतामाकोसि गाउँपालिकामा ९१ जना , सुनपाति गाउँपालिकामा ५७ जना र तामाकोसि अस्पतालमा ४९ जनाको स्वाब संकलन गरिएको जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै रामेछापमा ३ महिला र १८ पुरुष गरि २४ जनालाई क्वारेन्टिमा राखिएको छ भने बढ्दो संक्रमणलाई मध्य नजर गदैँ चार सय ६५ बेडको क्वारेन्टिन बेड र एक सय १३ जनाको आइसोलेसन बेडको स्थापना गरिएको छ ।