ताजा समाचार


कृषक ठगेको आरोपमा सहकारी संस्थाका व्यवस्थापक पक्राउ

 नेपाल बाहक    २ भाद्र २०७७, मंगलवार ११:५१     401 जनाले पढ़िसके

रामेछाप । किसानसँग महङ्गो मूल्य लिएर रासायनिक मल बिक्री गर्ने एक जनालाई मंगलबार रामेछाप प्रहरीले पक्राउ गरेको छ । कृषक जागरण कृषि सहकारी संस्था ओख्रेनीको– ६ रामेछापको मन्थली बिक्री केन्द्रका पदमबहादुर लामालाई प्रहरीले पक्राउ गरेको हो । सो सहकारीको बिक्री कक्षमा समेत स्थानीय प्रशासनले सिल गरेको छ ।

सो संस्थाका व्यवस्थापक तथा बिक्री केन्द्रका प्रमुख लामाले एमोनियम सल्फेट नामको रासायनिक मलको मूल्य लिई युरिया बिक्री गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको हो ।

वीरगञ्जमा ८ सय ४६ रुपैँया मुल्य पर्ने सो मल लामाले मन्थली ल्याएर १ हजार ८ सय रुपैँया प्रति बोराका दरले बिक्री गरेको पाइएको छ । उनले मंगलबार किसानलाई १ सय ६६ बोरा मल बिक्री गरेका थिए ।

कृषकलाई एमोनियम सल्फेटकै बिल काटेका लामाले मल भने युरिया दिएका थिए । मल लिनु अघि कृषकलाई दिएको बिल मलको बोरा दिएपछि बिक्रेताले नै फिर्ता लिएका थिए ।

उनलाई कालोबजारी अन्तर्ग पक्राउ गरी आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्याल रामेछापको हिरासतमा पठाइएको जिल्ला प्रशासन कार्यालय रामेछापका प्रशासकीय अधिकृत रामप्रसाद भट्टराईले जानकारी दिनुभयो ।