ताजा समाचार


रामेछापमा एक हजार २ जनाको स्वाव संकलन : ६ जना आइसोलेसनमा

 नेपाल बाहक    ३ भाद्र २०७७, बुधबार ०८:३५     374 जनाले पढ़िसके

रामेछाप । रामेछाप बुधवार थप ३३ जनाको स्वाब संकलन गरिएको छ । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाको कर्मचारी र फन्टलाइनमा बसेर काम गर्ने ३३ जनाको स्वाब संकलग गरि कोरोना परिक्षणको लागि धुलिखेल अस्पतालमा पठाइएको स्वास्थ्य कार्यलय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जनाकारी दिनु भयो ।
यो संगै रामेछापमा १ हजार २ जनाको स्वाब संकलन गरी कोरोना परिक्षण गरिएको स्वास्थ्य कार्यलय रामेछापले प्रेस बिज्ञप्ति जारी गरी जनाकारी दिएको छ । बुधवार सम्म गरिएको परिक्षणमा आठ सय ३६ जनाको रिर्पोट नेकेटिभ आएको छ । ३३ जनाको रिर्पोट कोरोना पोजेटिभ आएको छ भने आज संकलन गरिएको ३३ जना सहित एक सय ३३ जनाको रिर्पोट आउन बाकिँ रहेको जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
स्वास्थ्य कार्यलय रामेछापका अनुसार जिल्ला अस्पताल रामेछापमा ५० जना, मन्थली नगरपालिकामा ३१८ जना , रामेछाप नगरपालिकामा ९१ जना , उमाकुण्ड गाउँपालिकामा ६५ जना, खाडादेबि गाउँपालिकामा ५५ जनाको स्वाव संकलन गरी कोरोना परिक्षण गरिएको छ । त्यतै रामेछापको गोकुलगंगा गाउँपालिकामा १९२ जना, दोरम्वा गाउँपालिकामा ३४ जना , लिखुतामाकोसि गाउँपालिकामा ९१ जना , सुनपाति गाउँपालिकामा ५७ जना र तामाकोसि अस्पतालमा ४९ जनाको स्वाब संकलन गरिएको जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै रामेछापमा ३३ जना कोरोना संक्रमित मध्ये ६ मन्थली नगरपालिकाले निमार्ण गरेको आइसोलेसनामा राखिएको छ । भने रामेछापमा महिला ३ र २३ पुरुष गरि २६ जनालाई क्वारेन्टिमा राखिएको छ । बढ्दो संक्रमणलाई मध्य नजर गदैँ चार सय ६५ बेडको क्वारेन्टिन बेड र एक सय १३ जनाको आइसोलेसन बेडको स्थापना गरिएको छ ।