रामेछाप । रामेछाप जिल्लामा पुनः निषेधज्ञ जरी भएको छ । भदौ ४ गते रातिबाट लागु हुने गरी निषेधज्ञ जरी ग।िएको हो ।
जिल्लाभित्र निरन्तर कोरोना संक्रमण बढी रहेको र उच्च स्तरमा बढ्ने जोखिम बढे पछि जिल्ला प्रशासन कार्यालय रामेछापले बुधबार एक सूचना जारी गरी निषेधज्ञ जरी गरिको हो ।
कोरोना रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन भदौ ४ गते राति १२ बजेदेखि अर्को आदेश जारी नभएसम्म रामेछाप जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले बताउनुभयो ।
औषधि, खाद्यान्न तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्तिलाई घरबाट बाहिर निस्कन रोक लगाइएको छ । अत्यावश्यक कार्यमा मास्क विना घर बाहिर निस्कन पनि रोक लगाइएको छ । फुटपाथ र खुल्ला ठाउँ, ठेलागाडा साइकल, हाटबजारमा पसल व्यापार सञ्चालन गर्न निषेध गरिएको छ ।
एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्यवस्तु, तरकारी, दुध, खानेपानी, विद्युत, सञ्चार, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर, शव वहान, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपंक्षीका दाना बोक्ने गाडी, निर्माण सामाग्री, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी, प्राविधिक तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन र प्रशासनको अनुमति प्राप्त साधन बाहेक सबै सार्वजनिक, निजी सवारी साधन मोटरसाइकल समेत सञ्चालन गर्न रोक लगाइएको छ ।