ताजा समाचार


सबारी कारबाहिबाट रामेछापमा ५ लाखको हाराहारीमा राजश्व संकलन

 नेपाल बाहक    ४ भाद्र २०७७, बिहीबार १०:२३     758 जनाले पढ़िसके

रामेछाप । रामेछापमा एक महिनामा सबारी कारबाहिबाट ५ लाखको हारहारीमा राजश्व संकलन भएको छ । चालु आर्थिक बर्षको पहिलो महिनामा ६५० सबारी कारबाहिबाट सो राजश्व उठेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछाप जनाएको छ ।
रामेछापमासाउन महिनामा साना तथा ठुला सवारी र ढुवानीका साधन कारवाहीबाट ४ लाख ९६ हजार राजश्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार एक महिनामा ट्राफिक नियम विपरित संचालन भएका साना ठुला ढुवानी तथा सवारीका साधन गरी ६ सय ५० वटा कारवाहीमा परेका छन् । ट्राफिक प्रहरी प्रमुख पाण्डेले एक महिनाको अवधीमा २ सय ३ वटा ट्रक कारवाहीबाट १ लाख ५१ हजार ५ सय ,५९ वटा बसबाट ५१ हजार, २ सय २० वटा जीप कारबाट १ लाख ६३ हजार , ३ वटा ट्याक्टरबाट २ हजार ,८५ वटा मोटरसाइकलबाट ५९ हजार ५ सय र अन्य ८० कारवाहीबाट ५९ हजार राजश्व संकलन गरिएको जानकारी दिुभयो । उहाँले विश्वमा संक्रामक रोगका रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ बाट बच्ने सर्कता स्वरुप रामेछापमा संचालन हुने सवारी तथा ढुवानीका सधनमा मास्क अनिवार्य गरिएको बताउनुभयो । सवारी तथा ढुवानीका साधन चलाउँदा मास्क नलगाउँने ६ सय भन्दा बढीलाई एकसय रुपैयाँका दरले जरिवाना गरिएको उहाँको भनाई छ ।