काठमाण्डौ । नेपालमा हाल सम्म २९ हजार ६ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा बिहिबार मात्र एक सय ९२ महिला र पाँच सय १५ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्स्तै पछिल्लो २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको कुल सङ्ख्या एक सय २६ पुगेको छ । पर्सामा तीन जना, काठमाण्डौ, मकवानपुर र सप्तरीमा एकरएक जना गरी ६ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।