ताजा समाचार


रामेछापमा एक हजार ६ जनाको स्वाव संकलन : १३७ जनाको रिर्पोट आउन बाकि

 नेपाल बाहक    ६ भाद्र २०७७, शनिबार ११:२२     346 जनाले पढ़िसके

रामेछाप । रामेछाप सनिबार थप ४ जनाको स्बाव संकलन गरिएको छ । मन्थली नगरपालिकाको क्वारेन्टिनमा बसेका ४ जनाको स्वाब संकलन गरि परिक्षणको लागि धुलिखेल अस्पताल पठाइएको स्वास्थ्य कार्यलय रामेछापले जनाएको छ । स्वास्थ कार्यलय रामेछापले रामेछापमा एक हजार ६ जनाको स्वाब संललन गरि कोरोना परिक्षण गरिएको प्रेस बिज्ञप्ति जारी गरि जानकारी दिएको छ । जसमा अझै एक सय ३७ जनाको रिर्पोट आउन बाकिँ रहेको छ । भने ३३ जनाको पोजेटिभ र ८३६ जनाको रिर्पोट नेकेटिभ आएको बिज्ञप्तिमा उल्लेख गरेको छ ।
स्वास्थ्य कार्यलय रामेछापका अनुसार जिल्ला अस्पताल रामेछापमा ५० जना, मन्थली नगरपालिकामा ३२२ जना , रामेछाप नगरपालिकामा ९१ जना , उमाकुण्ड गाउँपालिकामा ६५ जना, खाडादेबि गाउँपालिकामा ५५ जनाको स्वाव संकलन गरी कोरोना परिक्षण गरिएको छ । त्यतै रामेछापको गोकुलगंगा गाउँपालिकामा १९२ जना, दोरम्वा गाउँपालिकामा ३४ जना , लिखुतामाकोसि गाउँपालिकामा ९१ जना , सुनपाति गाउँपालिकामा ५७ जना र तामाकोसि अस्पतालमा ४९ जनाको स्वाब संकलन गरिएको जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै रामेछापमा ३३ जना कोरोना संक्रमित मध्ये २ मन्थली नगरपालिकाले निमार्ण गरेको आइसोलेसनामा राखिएको छ । अन्य ३१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । रामेछापमा महिला ३ र २७ पुरुष गरि ३० जनालाई क्वारेन्टिमा राखिएको छ । बढ्दो संक्रमणलाई मध्य नजर गदैँ चार सय ६५ बेडको क्वारेन्टिन बेड र एक सय १३ जनाको आइसोलेसन बेडको स्थापना गरिएको छ ।