रामेछाप । रामेछाप जिल्लाको खाडादेबि गाउँपालिकामा थप १० जनाको स्वाव संकलन गरिएको छ । बिभिन्न कोरोना प्रभाबित स्थानबाट आएका १० जनाको स्वाब संकलन गरी कोरोना परिक्षणको लागि धुलिखेल अस्पताल पठाइएको हो । यो संगै लिखुतामाकोसि गाउँपालिकाका ६५ जना स्वाब संकलन गरि कोरोना परिक्षण गरिएको छ ।
त्यस्तै रामेछाप जिल्लामा एक हजार १६ जनाको स्वाब संकलन गरि कोरोना परिक्षण गरिएको स्वास्थ्य कार्यलय रामेछापले प्रेस बिज्ञप्ति जारी गरी जानकारी दिएको छ । जसमा ३३ जनाको पोजेटिभ , ९१५ जनाको नेकेटिभ र ६८ जनाको रिर्पोट आउन बाकिँ रहेको छ ।
हाल सम्म जिल्ला अस्पताल रामेछापमा ५० जना, तामाकोसि अस्पतालमा ४९ जना,मन्थली नगरपालिकामा ३२२ जना, रामेछाप नगरपालिकामा ९१ जना, उमाकुण्ड गाउँपालिकामा ६५ जना, खाडाँदेबि गाउँपालिकामा ६५ जना, गोकुलगंगा गाउँपालिकामा १९२ जना , दोरम्बा गाउँपालिकामा ३४ जना , लिखुतामाकोसि गाउँपालिकामा ९१ जना सुनपाति गाउँपालिकामा ५७ जनाको स्वाब संकलन गरि कोरोना परिक्षण गरिएको स्वास्थ्य कार्यलय रामेछापले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।