ताजा समाचार


काठमान्डौँ बस्दै आएका रामेछापका दुई पुरुषमा कोरोना संक्रमणको पुष्टि

 नेपाल बाहक    ७ भाद्र २०७७, आईतवार १३:३९     517 जनाले पढ़िसके

रामेछाप । रामेछाप नगरपालिकाका दुई जना पुरुषमा आज कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यलय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार रामेछाप घर भइ हाल काठमान्डौमा बस्दै आएका दुई पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।
जनस्वास्थ्य अधिकृत थापाका अनुसार आज संक्रमण पुष्टि भएकाहरु एक २६ बर्ष र ३२ बषका रहेका छन् । २६ बर्षिय पुरुष काठमान्डौँमा ब्यपार गदै आएको थिए भने अर्का ३२ बर्षिय पुरुषको बारेमा थप जानकारी लिने काम भइरहेको जनस्वास्थ्य अधिकृत थापाले बताउनु भयो