ताजा समाचार


रामेछापमा थप ६१ जनाको स्वाब संकलन

 नेपाल बाहक    ८ भाद्र २०७७, सोमबार ११:३६     469 जनाले पढ़िसके

रामेछाप । रामेछापमा सोमबार थप ६१ जनाको स्वाब संकलन गरिएको छ । कोरोना प्रभाबित स्थानबाट आएका ६१ जनाको स्वाब संकलन गरि कोरोना परिक्षणको लागि धुलिखेल अस्पताल पठाइएको हो । स्वास्थ्य कार्यलय रामेछापले जारी गरेको प्रेस बिज्ञप्तिमा जिल्ला अस्पताल रामेछापमा २९ जना, मन्थली नगरपालिकामा ३ जना र रामेछापमा २९ जानको स्वाब संकलन गरेको उल्लेख गरिएको छ ।
यो संगै रामेछाप जिल्लामा हाल सम्म एक हजार ७७ जनाको स्वाब संकलन गरिएकोमा ९२८ जनाको नेकेटिभ, ३३ जनाको पोजेटिभ रिर्पोट आएको छ भने आज स्वाब संकलन गरिएका ६१ जना सहित एक सय १६ जनाको रिर्पोट आउन बाकिँ रहेको छ ।
स्वास्थ्य कार्यलय रामेछापका अनुसार जिल्ला अस्पताल रामेछापमा ७९ जना, मन्थली नगरपालिकामा ३२५ जना , रामेछाप नगरपालिकामा १२० जना , उमाकुण्ड गाउँपालिकामा ६५ जना, खाडादेबि गाउँपालिकामा ५५ जनाको स्वाव संकलन गरी कोरोना परिक्षण गरिएको छ । त्यतै रामेछापको गोकुलगंगा गाउँपालिकामा १९२ जना, दोरम्वा गाउँपालिकामा ३४ जना , लिखुतामाकोसि गाउँपालिकामा ९१ जना , सुनपाति गाउँपालिकामा ५७ जना र तामाकोसि अस्पतालमा ४९ जनाको स्वाब संकलन गरिएको जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।