ताजा समाचार


रामेछापका दुई पुरुषमा कोरोना संक्रमणको पुष्टि

 नेपाल बाहक    ८ भाद्र २०७७, सोमबार ११:४७     491 जनाले पढ़िसके

रामेछाप । रामेछाप जिल्लाका दुई जना पुरुषमा आज कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यलय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार रामेछाप घर भइ हाल काठमान्डौमा बस्दै आएका दुई पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।
जनस्वास्थ्य अधिकृत थापाका अनुसार आज संक्रमण पुष्टि भएकाहरु एक ३६ बर्ष र ३८ बषका रहेका छन् । उनिहरु लामो समय देखि काठमान्डौँमै बस्दै आएको स्वास्थ्य कार्यलय रामेछापले जनाएको छ । संक्रमित पुरुष एक जना मन्थली नगरपालिकाका हुन् भने एक जना गोकुलगंगा गाउँपालिकाका रहेको कार्यलयले जनाएको छ ।