रामेछाप । रामेछाप जिल्लाका सबै कोरोना संक्रमित निको भएको छन् । रामेछापमा ३३ जनामा कोरोना संक्रमति रहेकोमा बिहिबार सम्म सबै निको भइ घर फर्किएको स्वास्थ्य कार्यलय रामेछापका जनस्वास्थ्य निरिक्षक भुबन थापाले बताउनु भयो । त्यस्तै जिल्ला बाहिर बिभिन्न पेसा तथा ब्यबसायि गर्ने रामेछापमा ६ महिला र २२ पुरुष गरी २८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
बिहिबार सम्म रामेछापमा एघार सय २५ जनाको स्वाब संकलन गरी कोरोना परिक्षण गरिएको छ । जसमा एक हजार १२ जनाको नेकेटिभ, ३३ जनाको पोजेटिभ र ८० जनाको रिर्पोट आउन बाकि रहेको छ ।
स्वास्थ्य कार्यलय रामेछापले बिहिबार जारी गरेको पे्रस बिज्ञप्तिमा जिल्ला अस्पताल रामेछापमा ८० जना, तामाकोसि अस्पताल मन्थलीमा ४९ जना, मन्थली नगरपालिकामा ३२६ जना, रामेछाप नगरपालिकामा १२० जना स्वाब परिक्षण गरिएको थियो । उमाकुण्ड गाउँपालिकामा ६५ जना, खाडादेबि गाउँपालिकामा ६५ जना, गोकुलगंगमा गाउँपालिकामा १९२ जना, दोरम्बा गाउँपालिकामा ४० जना, लिखुुतामाकोसि गाउँपालिका १३१ जना र सुनपाति गाउँपालिकामा ५७ जनाको स्वाब संकलन गरिएको उल्लेख छ ।
रामेछाप जिल्लामा एक महिला र १५ पुरुष गरि १६ जनालाई क्वारेन्टिमा राखिएको छ ।