काठमाण्डौ । बिहिबार नेपालमा एक हजार एक सउ ११ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३५ हजार पाँच सय २९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६ सय २९ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्दा एक हजार एक सय ११ जनामा सङ्क्रमण देखिएको थियो ।
यस्तै गएको २४ घण्टामा आठ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ८३ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।