ताजा समाचार


रामेछापमा एघार सय २५ जनाको पिसिआर बिधिबाट कोरोना परिक्षण

 नेपाल बाहक    १२ भाद्र २०७७, शुक्रबार १०:५८     320 जनाले पढ़िसके

रामेछाप । रामेछापमा एघार सय २५ जनाको पिसिआर बिधिबाट कोरोना परिक्षण गरिएको छ । जसमा ३७ जनाको रिर्पोट पोजेटिभ आएको शुक्रबार स्वास्थ्य कार्यलय रामेछापले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ । हाल शुक्रबार सम्म गरिएको परिक्षणमा एक हजार ३७ जनाको रिर्पोट नेकेटिभ आएको छ भने ५१ जनाको पिसिआर परिक्षणको रिर्पोट आउन बाकिँ रहेको छ ।
स्वास्थ्य कार्यलय रामेछापले बिहिबार जारी गरेको प्रेस बिज्ञप्तिमा जिल्ला अस्पताल रामेछापमा ८० जना, तामाकोसि अस्पताल मन्थलीमा ४९ जना, मन्थली नगरपालिकामा ३२६ जना, रामेछाप नगरपालिकामा १२० जना स्वाब परिक्षण गरिएको थियो । उमाकुण्ड गाउँपालिकामा ६५ जना, खाडादेबि गाउँपालिकामा ६५ जना, गोकुलगंगमा गाउँपालिकामा १९२ जना, दोरम्बा गाउँपालिकामा ४० जना, लिखुुतामाकोसि गाउँपालिका १३१ जना र सुनपाति गाउँपालिकामा ५७ जनाको स्वाब संकलन गरिएको उल्लेख छ ।