ताजा समाचार


कोरोना संक्रमित स्वास्थ्यकर्मिको संम्पर्कमा आएका ब्यक्तिको स्वाब संकलन गरिदैँ

 नेपाल बाहक    १२ भाद्र २०७७, शुक्रबार ११:२६     296 जनाले पढ़िसके

रामेछाप । शुक्रबार कोरोना संक्रमण भएका स्वास्थ्यकर्मिको संम्पर्कमा आएका ब्यक्तिको स्वाब संकलन सुरु भएको छ । स्वास्थ्य कायलय रामेछापमा जनस्वास्थ्य निरिक्षण भुबन थापाका अनुसार आजबाट स्वाव संकलन सुरु गरिएको हो ।
त्यस्तै रामेछापको रामेछाप नगरपालिका वडा न. ५ शिल गरिएको छ । रामेछाप नगरपालिका ५ मा शुक्रबारबाट अतिआश्यक सेवा बाहेका सबै सेबा बन्द गरिएको स्वास्थ्य कार्यलय रामेछाप जनाएको छ ।
संक्रमण नियन्त्रणको लागि वडाकार्यलयले प्रेस विज्ञप्तिमा जारी गरि स्वास्थ्य चौकीबाट प्रदान हुने सम्पूर्ण सेवासमेत बन्द गरिएको जानकारी दिएको छ ।
त्यस क्षेत्रको समुदायमा कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावना भएकाले शुक्रबार देखि १८ गतेसम्म पसल व्यवसाय नखोल्न, सवारी साधन नचलाउन हिँडडुल नगर्न र अत्यावश्यक काममा बाहेक घरबाहिर जारी बिज्ञप्तिमा अनुरोध गरिएको छ ।