ताजा समाचार


नेपालमा थप नौ सय २७ जनामा कोरोना संक्रमण : शुक्रबार मात्र १२ जनाको मृत्यु

 नेपाल बाहक    १२ भाद्र २०७७, शुक्रबार १२:०८     378 जनाले पढ़िसके

काठमाडौँ । नेपालमा थप ९२७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार थप भएका संगै नेपालमा कोरोना संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।
त्यस्तै शुक्रबार मात्र कोरोना संक्रमणको कारण १२ जनाको ज्यान गएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमणको कारण एक सय ९५ जनाको ज्यान गएको छ ।
पछिल्लो २४ घण्टामा १० हजार २ सय २९ पीसीआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।