ताजा समाचार


रामेछापमा एघार सय ६३ जनाको पिसिआर परिक्षण : ८६ जनाको रिर्पोट आउन बाकिँ

 नेपाल बाहक    १४ भाद्र २०७७, आईतवार ११:२२     407 जनाले पढ़िसके

रामेछाप । रामेछाप जिल्लामा आइतबार सम्म एघार सय ६३ जनाको पिसिआर बिधिबाट कोरोना परिक्षण गरिएको छ । स्वास्थ्य कार्यलय रामेछापले एक प्रेस बिज्ञप्ति जारी गरि सो बिषयमा जानकारी दिएको हो । कार्यक्रयले जारी गरेको बिज्ञप्तिमा हाल सम्म गरिएको परिक्षणमा ३७ जानको रिर्पोट पोजेटिभ आएको जनाइएको छ । भने एक हजार ४० जनाको रिर्पोट नेकेटिभ र ८६ जनाको रिर्पोट आउन बाकिँ रहेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यलय रामेछापका जनस्वास्थ्य निरिक्षण भुवन थापाका अनुसार हालसम्म जिल्ला अस्पतालमा ८० , रामेछाप सामुदायिक अस्पतालमा ४९ जना , मन्थली नगरपालिकामा ३ सय ३८ , रामेछाप नगरपालिकामा १ सय ३७ , उमाकुण्ड गाउँपालिकामा ६५ , खाँडादेवी गाउँपालिकामा ६५ , गोकुलगंगा गाउँपालिकामा २ सय १ , दोरम्बा गाउँपालिकामा ४०, लिखुतामाकोशी गाउँपालिकामा १ सय ३१ र सुनापति गाउँपालिकामा ५७ जना गरि १ हजार १ सय ६३ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।