रामेछाप । रामेछापमा ३८ जनाको पिसिआर परिक्षणको रिर्पोट आउन बाकिँ रहेको छ । स्वास्थ्य कार्यलय रामेछापले सोमबार प्रेस बिज्ञप्ति जारी गरेर सो बिषयमा जनाकारी दिएको हो । जिल्ला स्वास्थ्य कार्यलय रामेछापले जारी गरेको बिज्ञप्तिमा हाल सम्म एघार सय ६३ जनाको पिसिआर बिधिबाट कोरोना परिक्षण गरिएको छ । हाल सम्म गरिएको परिक्षणमा एक हजार ८८ जनाको रिर्पोट नेकेटिभ आएको छ । भने ३७ जनाको रिर्पोट पोजेटिभ आएको छ ।
जिल्ला स्वास्थ्य कार्यलय रामेछापका जनस्वास्थ्य निरिक्षण भुवन थापाका अनुसार हालसम्म जिल्ला अस्पतालमा ८० , रामेछाप सामुदायिक अस्पतालमा ४९ जना , मन्थली नगरपालिकामा ३ सय ३८ , रामेछाप नगरपालिकामा १ सय ३७ जना, उमाकुण्ड गाउँपालिकामा ६५ , खाँडादेवी गाउँपालिकामा ६५ , गोकुलगंगा गाउँपालिकामा २ सय १ , दोरम्बा गाउँपालिकामा ४०, लिखुतामाकोशी गाउँपालिकामा १ सय ३१ र सुनापति गाउँपालिकामा ५७ जना गरि १ हजार १ सय ६३ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका हो ।