ताजा समाचार


शरीरको कुन अंग फरफराउँदा के हुन्छ ?

 नेपाल बाहक    १५ भाद्र २०७७, सोमबार १३:३८     988 जनाले पढ़िसके

– सामुद्रिक शास्त्रका अनुसार चिउँडो फरफराउँदा व्यक्तिलाई स्त्री सुख मिल्छ र साथमा धनलाभ पनि हुन सक्ने सम्भावना हुन्छ ।

– टाउकोको अलग(अलग भाग फरफराउँदा त्यसले पनि फरक(फरक संकेत गर्छ । निधार फरफराउँदा भौतिक सुखभोगको अवसर प्राप्त हुन सक्छ भने कानको भाग फरफराउँदा तपाईंंले राखेको इच्छाहरू पुरा हुन सक्छन् ।

– दाहिने आँखाको आँखीभौ र आँखा फरफराउँदा तपाईंंले चाहेका सबै इच्छा पूर्ण हुन्छन् भने बायाँ आँखा र आँखीभौ फरफराउँदा शुभ समाचार प्राप्त हुन्छ । तर, यदी दाहिने आँखा फरफराए शारीरिक कष्ट हुने गर्छ ।

– दुवै गाला फरफराउँदा भने धन प्राप्त हुन्छ ।

– यदी तपाईंंको ओठ फरफराए तपाईंंको मिल्ने व्यक्तिको आगमन हुन्छ । मुख फरफराउँदा भने छोराबाट शुभ समाचार प्राप्त हुन सक्ने सम्भावना रहन्छ ।

– दाहिने काँध फरफराए धन सम्पत्ति हात पर्न सक्छ भने बायाँ काँध फरफराउँदा सफलता प्राप्त हुने तर, यदी दुवै काँध फरफराए झगडाको सम्भावना बढ्छ ।

– यदी हात फरफराए मानिस कुनै विपत्तिमा फस्न सक्छ । हातको औला फरफराए साथीहरूसँग भेट हुने बताएका छन् ।

– ढाड फरफराए केही विपदको सम्भावना रहन्छ ।

– छाती फरफराउँदा साथीसँग भेट हुन सक्छ । मुटुको उपल्लो भाग फरफराए झगडा हुने सम्भावना रहन्छ ।

– दाहिने खुट्टा फरफराए कठिनाईको सामना गर्नुपर्ने हुन्छ भने बायाँ खुट्टा फरफराउँदा कतै यात्रा गर्ने सम्भावना रहन्छ । त्यस्तै निधार फर्फराएमा – स्थानवृद्धि, मस्तक फर्फराएमा – पृथ्वीलाभ, आँखाको भृकृटी – प्रियदर्शन, आँखाका कुना – धनलाभ, घाँटी – राजाले मनपराउने, तल्लो ओठ – मिष्ठान्न भोजन, काँध (भोगवृद्धि होला, पाखुरा – मित्रभेट, जङ्घा – विषय प्राप्त हुने, तिघ्रा – शत्रुसँग भेट, पाउ – मान्यता प्राप्ति, पैताला – यात्रा गमन, घुँडा – बल बढ्ने वृद्धि हुने, कुम – मान्यता इज्जत पाइने, स्तन – मनले चिताएको पुग्ने, छाती – धन प्राप्त हुने कम्मर – बल बढ्ने पनि सामुद्रिक शास्त्रमा बताइएको छ ।