ताजा समाचार


रामेछापमा थप ३६ जनाको स्वाब संकलन : ५५ जनाको रिर्पोट आउन बाकिँ

 नेपाल बाहक    १६ भाद्र २०७७, मंगलवार ११:०९     434 जनाले पढ़िसके

रामेछाप । रामेछापमा मंगलबार थप ३६ जनाको स्वाब संकलन गरिएको छ । स्वास्थय कार्यलय रामेछापले मंगलबार जारी गरेको बिज्ञप्तिमा जिल्ला अस्पताल रामेछापमा २ जना, सुनपाति गाउँपालिकामा ४ जना, मन्थली नगरपालिकामा १६ जना र रामेछाप नगरपालिकामा १६ जनाको स्वाब संकलन गरिएको उल्लेख गरिएको छ । बिभिन्ना कोरोना प्रभाबित स्थान र फ्रन्टलाईमा काम गर्ने ३६ जनाको स्वाब संकलन गरि कोरोना परिक्षणको लागि धुलिखेल अस्पताल पठाइएको हो ।
हाल सम्म रामेछाप एघार सय ९९ जनाको स्वाब संकलन गरि कोरोना परिक्षण गरिएको छ । जसमा ३७ जनाको रिर्पोट पोजेटिभ आएको छ भने एघार सय ७ जनाको नेकेटिभ र ५५ जनाको रिर्पोट आउन बाकिँ रहेको बिज्ञपितमा उल्लेख गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यलय रामेछापका जनस्वास्थ्य निरिक्षण भुवन थापाका अनुसार हालसम्म जिल्ला अस्पतालमा ८२ , रामेछाप सामुदायिक अस्पतालमा ४९ जना , मन्थली नगरपालिकामा ३ सय ५४ , रामेछाप नगरपालिकामा १ सय ५१ जना, उमाकुण्ड गाउँपालिकामा ६५ , खाँडादेवी गाउँपालिकामा ६५ , गोकुलगंगा गाउँपालिकामा २ सय १ , दोरम्बा गाउँपालिकामा ४०, लिखुतामाकोशी गाउँपालिकामा १ सय ३१ र सुनापति गाउँपालिकामा ६१ जना गरि १ हजार १ सय ६३ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका हो ।