रामेछाप । रामेछापका थप दुई जना पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यलय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार रामेछाप स्थायी ठेगना भइ हाल काठमान्डौ बस्दै आएका दुई पुरुषमा कोरोना संक्रमण भएको हो । मंगलबार संक्रमित हुनेमा २८ र ३८ वर्षका पुरुष छन् ।
स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत थापाले अहिलेसम्म जिल्ला बाहिर बासोबास गर्ने महिला ८ जना र २७ जना पुरुष गरि ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो