ताजा समाचार


रामेछापमा थप एक हप्ता निशेधाज्ञा

 नेपाल बाहक    १८ भाद्र २०७७, बिहीबार ०९:३६     300 जनाले पढ़िसके

रामेछाप । रामेछापमा थप एक हप्ता निशेधाज्ञा गरिने भएको छ । रामेछापकि प्रमुख जिल्ला अधिकारी रुद्र देबि शर्माको अध्यक्षतामा बसेको बैठकले भदौ २५ गते सम्म निशेधाज्ञा गर्ने निणर्य गरेको हो ।
जिल्ला स्तरीय कोभिड संकट ब्यबस्थापन केन्द्रको बिहिबार बसेको बैठकले स्थानियतहहरुमा आइसोलेसन बेडको संख्या बढाउने निणय गरेको छ । जिल्लामा संन्चालि खाद्यान्‍न पसल, रेष्टुरेन्ट, होटल, आदि उद्योग व्यवसायमा संलग्न व्यक्तिहरु पिसिआर परिक्षण समेत गर्ने नियाण भएको जिल्ला प्रशासन कार्यलय रामेछापले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । बिभिन्न बहानमा जिल्ला भित्रिनेको संख्या बढेकाले त्यसको नियान्त्रण उपत्यका लगाएत छिमेकि जिल्लाहरुलाई अनुरोध लगाएतका ९ बुद्घे सुचना जारी गरिएको छ ।