ताजा समाचार


रामेछापमा थप १२ जनाको स्वाब संकलन : ४८ जनाको पिसिआर रिर्पोट आउन बाकिँ

 नेपाल बाहक    १८ भाद्र २०७७, बिहीबार ०९:५२     293 जनाले पढ़िसके

रामेछाप । रामेछापमा बिहिबार थप १२ जनाको स्वाब संकलन गरिएको छ । स्वास्थ्य कार्यलय रामेछाप जारी गरेको प्रेस बिज्ञप्ति अनुसार मन्थलीको तामाकोसि अस्पतालमा १२ जनाको स्वाब संकलन गरि कोरोना परिक्षणको लागि धुलिखेल अस्पताल पठाइएको हो ।

बिहिबार संकलन गरिएको सहित रामेछापमा १२ सय एघार जनाको पिसिआर बिधिबाट कोरोना भाइरसको परिक्षण गरिएको छ । हाल सम्म गरिएको परिक्षणमा ३७ जनाको पोजेटिभ आएको छ । एघार २६ जनाको नेकेटिभर आज संकलन गरिएको १२ जनाको सहित ४८ जनाको रिर्पोट आउन बाकिँ रहेको जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यलय रामेछापका जनस्वास्थ्य निरिक्षण भुवन थापाका अनुसार हालसम्म जिल्ला अस्पतालमा ८२ , तामाकोसि अस्पतालमा ६१ जना , मन्थली नगरपालिकामा ३ सय ५४ , रामेछाप नगरपालिकामा १ सय ५१ जना, उमाकुण्ड गाउँपालिकामा ६५ , खाँडादेवी गाउँपालिकामा ६५ , गोकुलगंगा गाउँपालिकामा २ सय १ , दोरम्बा गाउँपालिकामा ४०, लिखुतामाकोशी गाउँपालिकामा १ सय ३१ र सुनापति गाउँपालिकामा ६१ जना पीसीआर विधिबाट कोरोना परीक्षणका हो ।